ढाकामा रहेका राष्ट्रिय फुटबल टोलीका सम्पूर्ण खेलाडीहरुको कोरोना रिपोर्ट नेगेटिभ

डिसी नेपाल
२२ कार्तिक २०७७ १८:३९
136
Shares

काठमाडौं । बङलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा पदाधिकारीको कोरोना रिपोर्ट नेगेटिभ आएको एन्फाले जनाएको छ । मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली बिहीवार बङलादेश प्रस्थान गरेको थियो । ढाका पुगेपछि टोलीका खेलाडी तथा पदाअधिकारीहरुको कोरोना परिक्षण गरिएको थियो । ढाका पुगेपछि कोरोना परिक्षण गराएका खेलाडीहरुले होटलेमै सामान्य अभ्यास गरिरहेका छन ।

किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टोलीले बङ्गलादेशसँग आगामी कार्तिक २८ र मंसिर २ गते ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । राष्ट्रिय फुटबल टोलीले आईतवार बाट मैदानमा अभ्यास गर्ने एन्फाले जनाएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोली :अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवाल, सरोज दाहाल, सेसेहाङ आङदम्बे, सुबास गुरुङ, सुजन श्रेष्ठ, सुमल अर्याल, तेज तामाङ र छिरिङ गुरुङ ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *