दोस्रो टि–२० मा पाकिस्तानले टस जितेर बलिङ गर्ने

डिसी नेपाल
२३ कार्तिक २०७७ १६:१०

काठमाडौं । जिम्बावेसँगको दोस्रो टि–२० खेलमा घरेलु टोली पाकिस्तानले टस जितेर फिल्डीङ गर्ने भएको छ । पाकिस्तानको रावलपिन्डी स्थित पिन्डी क्रिकेट स्टेडियममा हुने खेलमा घरेलु टोली पाकिस्तानले पाहुना टोली जिम्बावेलाई ब्याटिङ गर्ने निम्तो दिएको छ । शनीवार भएको पहिलो टि–२० खेलमा घरेलु टोली पाकिस्तानले ६ विकेटको सहज जित हासिल गरेको थियो ।

जिम्बावे विरुद्वको एकदिवसीय सिरीज २–१ ले हात पारी सकेको पाकिस्तानले आजको टि–२० मा दोस्रो जित हातपार्दै टि–२० सिरीज माथि पनि कब्जा गर्ने योजनामा रहेको छ । उता एकदिवसीय सिरीजमा एकमात्र जित निकालेको पाहुना टोली जिम्बावेले टि–२० सिरीजमा पहिलो जित निकाल्ने दाउमा रहेको छ । आजको खेलमा जिम्बावेले पहिलो जित निकाल्न सकेमा ३ खेलको सिरीज १–१ बराबरी हुनेछ । सिरीजको अन्तिम खेल नोभेम्बर १० मा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *