जिम्बावे ८ विकेटले पराजित, टी–२० सिरिज पाकिस्तानलाई

डिसी नेपाल
२३ कार्तिक २०७७ १९:४९

काठमाडौं । पाकिस्तानले जिम्बावेसँगको टी–२० सिरिजमाथि कब्जा गरेको छ। आज भएको दोस्रो टी–२० खेलमा पाहुना टोलीलाई ८ विकेटले पराजित गर्दै सिरिज जितेको हो। आजको खेलमा जिम्बावेले दिएको १३५ रनको लक्ष्य घरेलु टोलीले १५.१ ओभरमा २ विकेट गुमाएर पुरा ग¥यो।

पाकिस्तानको जितमा हैदर अलीले ६६ तथा कप्तान बाबर आजमले ५१ रनको अर्धसतकीय पारी खेले। जिम्बावेका ब्लेसिंग मुजारबानीले २ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० अ‍ोभरमा ७ विकेट गुमाएर १३४ रन बनाएको थियो। त्यसका लागि र्‍यान बर्लले ३२ तथा वेस्ली मधेवेरे २४ रन बनाए पनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन्। पाकिस्तानका उस्मान कादिर र ह्यारिस रौफले ३/३ विकेट लिए भने फहिम अस्रफले एक विकेट लिए।

योसंगै तीनखेलको सिरिजमा पाकिस्तानले दुई खेल जितेको छ। पहिलो खेलमा पाकिस्तान ६ विकेटले विजयी भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *