धवनले धुवाँधार ब्याटिंग गरेपछि दिल्लीले हैदरावादलाई १९० को लक्ष्य दियो

डिसी नेपाल
२३ कार्तिक २०७७ २१:४४

काठमाडौं। यूएईमा जारी आईपीएलको दोस्रो क्वालिफयरमा दिल्ली क्यापिटल्सले धुवाँधार ब्याटिंग गरेको छ। दिल्लीका लागि ओपनर शिखर धवनले ५० बलमा ७८ रन बनाएपछि सनराइजर्स हैदरावाले १९० को लक्ष्य पाएको छ।

दिल्लीले ३ विकेटको क्षतिमा १८९ रन बनयो। दिल्लीलाई विशाल स्कोरमा पुर्याउन शिमरोन हेटमेयरले पनि आकर्षक इनिंग खेले। उनले २२ बलमा नटआउट ४२ रन बनाए। दिल्लीका लागि अर्का ओपनर मार्कोस स्टोइनिसले ३८ रन बनाएका थिए।

हैदरावादका लागि सन्दिप शर्मा, रासिद खान र जेसन होल्डरले एक एक विकेट लिए।

यो खेल जित्ने टिम उपाधिका लागि मंगलबार मुम्बई इण्डिन्ससँग भिड्ने छ। पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएपछि दिल्लीले दोस्रो क्वालिफायर खेलेको हो भने रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गर्दै हैदरावाद दोस्रो क्वालिफायरमा पुगेको हो।

दिल्लीले हालसम्म आईपीएलको फाइनलसम्मको यात्रा गर्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *