भर्चुअल प्रतियोगिताले जोगाइरहेको छ मार्शलआर्ट (भिडियो)
काठमाडौं। कोरोना भाइरसको माहामारीका कारण खेलजगत अस्तव्यस्त भएपछि खेल गतिबिधिहरुलाई सुचारु नै राख्न प्रशिक्षक, खेलाडी तथा खेलकुद संघहरु लागिरहेका छन्। कोरोना माहामारीका कारण निरास भएका खेलाडीरुलाई मानसिक तथा शारिरीक रुपमा तयार गरी बिभिन्न प्रतियोगितामा सहभागिता जनाउनका लागि केही खेलाडी तथा खेल सम्बन्धी संघहरुले अन्तराष्ट्रिय प्रतियोगितामा अनलाईन मार्फत सहभागिता जनाइरहेका छन्।
बिभिन्न प्रशिक्षक तथा खेलाडीहरुको ब्यक्तिगत पहलमा नेपालले तेकवान्दो, पुम्से तथा करातेमा भर्चुअल अन्तराष्ट्रिय प्रतियोगितमा सहभागिता जनाइरहेका छन्। केही दिन अघि डिसी नेपाल ललितपुरस्थित लगनखेल डोजोमा पुग्दा नरहरिपुर कराँते डोजोका खेलाडी तथा प्रशिक्षक रबिन्द्र मान्न्धरले ब्यक्तिगत पहलमा केही खेलाडी हरुलाई प्रशिक्षण गराउँदै एक अन्तराष्ट्रिय प्रतियोगितामा अनलाईन मार्फत सहभागिता जनाउनको लागि ब्यस्त थिए। प्रस्तुत छ ती खेलाडी तथा प्रशिक्षक मान्नधरसँग प्रतियोगिताको तयारीबारे गरिएको कुराकानीः
https://www.youtube.com/watch?v=xEdbL9g9nxU
No ads found for this position


डिसी नेपाल
Facebook Comment