इङ्लिस व्याट्सम्यान भिन्स कोरोनाभाइरस सङ्क्रमित

डिसी नेपाल
२४ कार्तिक २०७७ १९:३०

लण्डन । इङ्ल्याण्डका व्याट्सम्यान जेम्स भिन्स पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित भएपछि आगामी पाकिस्तान सुपर लिग (पिएसएल) मा उहाँको सहभागीता हुने कि नहुने भन्ने बारेमा अनिश्चित भएको छ ।

उनलाई अहिले कुनै लक्षण नदेखिएको र चाडै नै फेरी परीक्षण गर्ने तयारी भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । अहिलेलाई भने व्याट्सम्यान भिन्सलाई कम्तीमा दश दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने बाध्यता आइपरेको छ । सङ्क्रमण पुष्टि भएको दिन देखि नै उहाँ सेल्फ आइसोलेसनमा बसेका हुन् ।

कोरोनाभाइरसका कारण विश्वका धेरै प्रभावशाली खेलाडीहरू सङ्क्रमित भएका छन् । लामो समय खेल गतिविधि बन्द भएपनि पछिल्लो समय विस्तारै सूचारु हुन लागिरहेका बेला खेलाडीहरु सङ्क्रमित हुने क्रम बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *