अन्तर्राष्ट्रिय निर्णायकमा लामा र थापा

डिसी नेपाल
२४ कार्तिक २०७७ २०:२४

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय निर्णायकद्वय नोर्बु लामा र हीराबहादुर थापाले २०२० विश्व तेक्वान्दो एसिया अनलाइन पुम्से च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । प्रतियोगिता नोभेम्बर ९ र १० तारिखमा हुने छ । प्रतियोगिताका लागि एसियाली तेक्वान्दो युनियनले उनीहरुलाई निर्णायकमा छनोट गरेको बताइएको छ । लामा दोश्रो तथा थापा तेश्रो श्रेणीका निर्णायक हुन् । लामाले यसअघि भएको २०२० विश्व तेक्वान्दो एसिया अनलाइन ओपन पुम्से च्याम्पियनसिपमा पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *