आफ्नो सन्यासबारे बोले पारस, कहिले लिन्छन त सन्यास ?

डिसी नेपाल
२४ कार्तिक २०७७ २०:५६

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खडकाले आफ्नो सन्यास बारे बोलेका छन । सोमवार चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भ्रमणका क्रममा उनले धुर्मुस–सुन्तली फाउन्डेसनले तयार पोरका भिडियोमा सन्यास बारे बोलेका छन । आफ्नो जिवनको ३२ औं वसन्त पार गरिसकेका पारसले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलेरे मात्रै सन्यास लिने बताएका छन ।

पारसले भ्रमणका क्रममा आफु एकदमै उत्साहित भएको र मैदान निर्माणको काम आफुले सोचको भन्दा छिटो भएको बताएका छन । उनले आफु क्रिकेट खेलाडी रहेको नाताले पनि आफु एकदमै उत्साहित भएको र मैदान निर्माणमा सहयोग गरेको सम्पूर्णलाई बधाई दिएका छन । पारस खड्का र क्रिकेट एसोसियसन नेपाल (क्यान)का सदस्य छुम्बी लामाले उक्त मैदानको भ्रमण गरेका थिए । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले स्थापना गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले जनस्तरबाट सहयोग संकलन गरी यसको निर्माण गरिरहेको छ। भरतपुर महानगरपालिका–१६ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कुल लागत खर्च ३ अर्बको छ । अन्तर्राष्ट्रियस्तरको २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशालाका अतिरिक्त दुइटा अत्याधुनिक क्रिकेट अभ्यास मैदान, फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडीपोखरी, ब्याडमिन्टन र टेनिस कोर्ट पनि बनाइने लक्ष्य छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *