आईपीएल फाईनल आज, कस्ले जित्ला उपाधि ?

डिसी नेपाल
२५ कार्तिक २०७७ ११:०५

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी संस्करणको फाइनल खेल आज (मंगवार) हुँदैछ। यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज साँझ हुने खेलमा गत वर्षको विजेता मुम्बई इन्डियन्स र आईपीएलको फाइनलमा पहिलो पटक प्रवेश गरेको दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ।

मुम्बई लगातार दोस्रो पटक उपाधि जित्ने दाउमा रहेको छ भने नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली इतिहास रच्ने लक्ष्य सहित मैदानमा उत्रिदैछ। सन्दीप भने सिजनमा मैदान उत्रने मौका पाएका छैनन् । दुवै टोलीबीच यसअघि बिहीबार भएको क्लालीफायरमा प्रतिस्पर्धा भएको थियो। त्यतिबेला दिल्लीलाई ५७ रनले पराजित गर्दै मुम्बईले फाइनलमा स्थान बनाउन सफल भएको थियो। तर पराजित भएपछि शुक्रबार दिल्ली इलिमिनेटरको विजेता टोली सनराइजर्स हैदराबादसँग खेल खेलेको थियो। जित्नै पर्ने उक्त खेलमा हैदराबादलाई १७ रनले पराजित गर्न सफल भएपछि दिल्लीले फाइनलमा स्थान पक्का गर्दै मुम्बईसँग पुनः भेट निश्चित गरेको हो। यस सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक हराएको छ ।मुम्बईले यसअघि चार पटक आईपीएलको उपाधि जितिसकेको छ । सन् २००८ बाट सुरु भएको आईपीएलको जारी १३ औं संस्करणमा आठ टोली सम्मलित रहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *