दिल्लीका लागि ऐतिहासिक दिनः टिम उपाधिका लागि भिड्दै, पूर्वखेलाडी मुख्यमन्त्रीका लागि

डिसी नेपाल
२५ कार्तिक २०७७ १३:५९

काठमाडौं। आजको दिन आइपिएल टिमका लागि निकै ऐतिहासिक बन्ने भएको छ । आज दिल्लीले आइपिएल इतिहासमै पहिलो पटक फाइनल खेल्दैछ । अहिलेसम्म फाइनलसम्म पुग्न नसकेको दिल्लीको लागि फाइनलसम्म पुग्नु नै ठूलो उपलब्धी हुनेछ ।

आजको खेल जितेर पहिलो उपाधि जित्न सक्यो भने त यो उसको लागि इतिहासकै सबैभन्दा ठूलो उपलब्धी हुनेछ । उपाधिको लागि फाइनल खेल्दै गर्दा दिल्लीका लागि आजको दिन जति महत्वपूर्ण छ आजकै दिन त्यत्तिकै महत्वपूर्ण अर्को एक कारणले पनि छ । त्यो हो दिल्लीका एक पूर्व खेलाडीको भाग्यको फैसला पनि सम्भवतः आजै हुन सक्छ । आजदेखि बिहारको मतगणना सुरु भएको छ ।

बिहारको निर्वाचनमा मुख्यमन्त्रीका दावेदार राष्ट्रिय जनता दलका उम्मेदवार तेजस्वी यादव दिल्लीका पूर्व खेलाडी हुन् । तेजस्ती बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा हुन् । दिल्लीले उनलाई आइपिएलको पहिलो सिजनमै अनुबन्ध गरेको थियो । तेजस्वी २०१२ को सिजनसम्म दिल्लीमा आबद्ध रहे । यद्यपि ५ वर्षसम्म तत्कालीन दिल्ली डेयरडेभिल्समा रहेका तेजस्वीले खेल्न भने कहिल्यै पाएनन् । उनी पाँचै सिजन बेन्चमा बसेरै बिताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *