विश्वमा कोरोना : २४ घण्टामा ५ लाख ३४ हजार संक्रमित थपिए, ९ हजारको मृत्यु

डिसी नेपाल
२६ कार्तिक २०७७ ६:५१
72
Shares

काठमाडौं । विगत २४ घण्टामा विश्वभरमा कोरानाका ५ लाख ३४ हजार बढी संक्रमितहरु थपिएका छन् भने ९ हजार बढीले ज्यान गुमाएका छन। वल्र्डोमिटरको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५ करोड १७ लाख ८८ हजार ३२ पुगेको छ। यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको सख्ंया १२ लाख ७८ हजार ४ सय २८ रहेको छ। भने, हालसम्म ३ करोड ६३ लाख ६१ हजार ८ सय ९९ कोरोनाका संक्रमितहरु संक्रमणबाट मुक्त भएका छन्।

गत २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा १ लाख ३३ हजार ३ सय १५ कोरोनाका संक्रमितहरु थपिएका छन। यो सँगै अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या १ करोड ५ लाख ५६ हजार ९ सय २५ पुगेको छ। अमेरिकामा हालसम्म ६५ लाख ९५ हजार ३ सय ३९ कोरोनाका संक्रमितहरु संक्रमणबाट मुक्त भएका छन। यस्तै, कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा २ लाख ४५ हजार ७ सय ७७ जनाको ज्यान गएको छ। भने गत २४ घण्टामा मात्र कोरोनाका कारण १ हजार बढीको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकापछि भारतमा गत २४ घण्टामा कोरोनाका धेरै संक्रमितहरु थपिएका छन। भारतमा गत २४ घण्टामा थपिने कोरोना संक्रमितको संख्या ४४ हजार ६ सय ७९ रहेको छ। योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको जम्मा संख्या ८६ लाख ३५ हजार ७ सय ५४ रहेको तथ्यांकले देखाएको छ। भारतमा हालसम्म १ लाख २७ हजार ६ सय १५ जनाको कोरोनाका कारण ज्यान गएको छ। भने गत २४ घण्टामा मात्र ५ सय ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

एकपटक संक्रमण मुक्त भएको इटालीमा पुनः कोरोनाको संक्रमण बढ्न थालेको छ। इटालीमा गत २४ घण्टामा ३५ हजार ९८ कोरोनाका संक्रमितहरु थपिएका छन। योसँगै इटालीमा कोरोना संक्रमित हुनेको संख्या ९ लाख ९५ हजार ४ सय ६३ पुगेको छ। हालसम्म ३ लाख ६३ हजारले कोरोना जितेको इटालीमा ४२ हजार ३ सय ३० जनाले ज्यान गुमाएका छन।

अमेरिकापछि १ लाख ६२ हजार ८ सय ४२ जनाले कोरोनाका कारण ज्यान गुमाएको ब्राजिलमा भने पछिल्लो समय कोरोना संक्रमित हुनेको संख्या घट्दो क्रममा छ। गत २४ घण्टामा ब्राजिलमा २५ हजार ५ सय १७ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। ब्राजिलमा हालसम्म ५७ लाख १ हजार २ सय ८३ जना कोरोनाका संक्रमितहरु रहेका छन। ५० लाख ६४ हजार बढी कोरोनाका संक्रमितहरु संक्रमण मुक्त भएको ब्राजिलमा गत २४ घण्टामा २ सयबढीले ज्यान गुमाएका छन्।

पोल्याण्डमा पनि गत २४ घण्टामा २५ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन। फ्रान्समा २२ हजार ८०, रसियामा २० हजार ९ सय ७७, यूकेमा २० हजार ४ सय १२, स्पेनमा १७ हजार ३ सय ९५, जर्मनीमा १६ हजार ६ सय ६८, अर्जेन्टिनामा ११ हजार ९ सय ७७, इराक र यूक्रेनमा १० हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *