रुपन्देहीमा नेपालकै नमुना रंगशाला बन्ने

डिसी नेपाल
२६ कार्तिक २०७७ ९:५७

काठमाडौं । खेल पर्यटनमार्फत सैनामैनाको विकास गर्ने उद्देश्यले रूपन्देहीको सैनामैना–७ लम्टैयामा नेपालकै ठूलो र नमुना क्रिकेट रंगशाला बन्ने भएको छ । १५ बिगाह क्षेत्रफलमा बन्न लागेको उक्त रंगशाला करिब २ अर्ब १९ करोडको लागत प्रस्तुत गरिएको डीपीआरमा रंगशाला ९४ हजार ८ सय १७ वर्गमिटर क्षेत्रफल समेटिएको छ । रंगशालाको नाम गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला राखिएको छ ।

गत वर्ष ३० लाख विनियोजन गरिएको मैदानका लागि सैनामैना नगरपालिकाले रंगशाला निर्माणको लागि गत वर्षदेखि बजेट छुट्टाउन शुरु गरेको छ । यस वर्ष थप १ करोडको बजेटमा माटो कटिङ्ग, तारबार र डीपीआर बनाइएको छ । करिब ६ महिनाको स्थलगत अध्ययन गरी रंगशालाको डीपीआर तयार गरिएको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट करिब १२ कि.मि उत्तरतर्फ निर्माण हुन लागेको उक्त रंगशाला नेपालकै सबैभन्दा ठूलो ९० यार्डको रहेको नगरपालिकाले जनाएको छ । उक्त रंगशाला पूर्व–पश्चिम लोकमार्गबाट २ कि.मि दक्षिणतर्फ रहेको छ । खेल पर्यटनमार्फत सैनामैनाको विकास गर्ने उद्देश्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न लागिएको सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *