आर्थिक वर्षमा ७७/७८मा कोरोना नियन्त्रणका लागि ६ अर्ब ८१ करोड ५९ लाख खर्च

डिसी नेपाल
२६ कार्तिक २०७७ १७:१९

काठमाडौं । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चालु आर्थिक बर्षमा ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रुपैयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत निकासा गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विनियोजन भएकोमध्ये ३ अर्ब २५ करोड रुपैयाँ हाई डिपेन्डेन्स युनिटका लागि विनियोजन भएको छ।आईसीयु भेन्टिलेटर तथा अस्पताल सुदृढिकरणमा १ अर्ब २९ करोड ९० लाख रुपैयाँ निकासा भएको गौतमले बताए।

त्यस्तै प्रयोगशाला परीक्षण तथा व्यवस्थापनमा १ अर्ब १२ करो ४० लाख रुपैयाँ निकासा गरिएको छ। संक्रमित व्यवस्थापन कन्ट्र्याक्ट ट्रेसिङ जोखिम भत्ता वापत १ अर्ब १४ करोड २९ लाख ६ हजार रुपैयाँ निकासा गरिएको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *