धोनीको एक रनको मूल्य साढे ७ लाख, सबैभन्दा महंगा ६ ब्याट्सम्यानमा ५ जना कप्तान

डिसी नेपाल
२८ कार्तिक २०७७ ८:५२

काठमाडौं। आएपिएल इतिहासकै दोस्रो सबैभन्दा सफल टिम चेन्नइ सुपर किंग्स पहिलो पटक यो सिजनमा प्लेअफ पुग्न सकेन । टिम पहिलो पटक फ्लप भयो जबकि टिमको नेतृत्व भारतकै सबैभन्दा सफल कप्तान महेन्द्र सिंह धोनीको हातमा थियो । यो सिजन धोनी आफैं सबैभन्दा महंगा ब्याट्सम्यानको सूचीमा परेका छन् । उनको ब्याटबाट रन निस्किएन तर टिमले उनलाई महंगो मूल्य तिरेको थियो । यस सिजन सबैभन्दा महंगा ६ ब्याट्सम्यानको सूचीमा ५ जना कप्तान परेका छन् । यीमध्ये पनि धोनी सबैभन्दा महंगा परेका छन् ।

धोनीले यो सिजन १४ खेल खेले जसमा २५ को औसतमा केवल २०० रन बनाए । उनले पहिलो पटक आइपिएल खेलिरहेका ऋतुराज गायकवाडको भन्दा पनि खराब प्रदर्शन गरे । चेन्नइकै ऋतुराजले केवल ६ खेलमा २०४ रन बनाएका छन् । चेन्नइले ऋतुराजलाई केवल २० लाखमा किनेको थियो ।

सिजनमा महंगो मूल्यका ब्याट्सम्यानमध्ये टिमले डेभिड वार्नरको भने पैसा असुल्यो । साढे १२ करोडमा सनराइजर्स हैदराबादले वार्नरलाई किनेको थियो । वार्नरले १६ खेलमा ५४८ रन बनाए । व्यक्तिगत प्रदर्शनलाई नहेर्ने हो भने सबैभन्दा सफल कप्तान रोहित शर्मा रहे । उनले आफ्नो टिमलाई पाँचौं आइपिएल उपाधि दिलाए ।

यो सिजन महेन्द्र सिंह धोनी सबैभन्दा महंगा ब्याट्सम्यान भए । १४ खेलमा २०० रन बनाएका धोनीको एक रनको मूल्य साढे ७ लाख पर्न गयो । उनलाई भेन्नइले १५ करोडमा किनेको थियो । १७ करोडका विराट कोहलीले १५ खेलमा ४६६ रन बनाए । उनको एक रनको मूल्य ३.६४ लाख पर्यो ।

१५ करोडका रोहित शर्माले १५ खेलमा २६४ रन बनाए । उनको एक रनको मूल्य ५.६८ लाख पर्यो । १५ करोडकै ऋषभ पन्तले १६ खेलमा २८७ रन बनाए । उनको एक रनको मूल्य ५.२३ लाख पर्यो । साढे १२ करोडका स्टिभ स्मिथले १४ खेलमा ३४४ रन बनाए । उनको एक रनको मूल्य ३.६३ लाख पर्यो । साढे १२ करोडकै डेभिड वार्नरले भने १६ खेलमा ५४८ रन बनाए । उनको एक रनको मूल्य २.२८ लाख पर्यो ।

सबैभन्दा आश्चर्यजनक कुरा किंग्स ११ पंजाबका अलराउण्डर ग्लेन म्याक्सवेलको प्रदर्शन रह्यो । १०.७५ करोड मूल्यका म्याक्सवेलले १३ खेलमा केवल १०८ रन बनाए र ३ विकेट लिए । उत्कृष्ट टि–२० ब्याट्सम्यान मानिने म्याक्सवेलको एक रनको मूल्य ९.९५ लाख रुपैयाँ पर्यो । उनको एक विकेटको मूल्य ३.५८ करोड पर्न गयो ।

सबैभन्दा अचम्मको कुरा त म्याक्सवेलले १३ खेलमा एउटा पनि छक्का हान्न सकेनन् । इङल्याण्डका विश्वकप विजेता बेन स्टोक्सको मूल्य १२.५ करोड हो । सिजनको बीचमा खेल्न सुरु गरेका स्टोक्सले ८ खेलमा केवल २ विकेट लिन सके । उनको एक विकेटको मूल्य ६.२५ करोड पर्यो । उनले ब्याटिङतर्फ भने २८५ रन बनाए । यस क्रममा उनले मुम्बइविरुद्ध शतक पनि बनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *