विश्वकप छनौटमा नेमार नखेल्ने

डिसी नेपाल
२८ कार्तिक २०७७ १४:१४

काठमाडौं । बाज्रिलले अगामी हप्ता उरुग्वे विरुद्व खेल्ने लागेको विश्वकप छनौट खेलमा नेमार नखेल्ने भएका छन । पेरिस सेन्ट जर्मेनका लागि च्याम्पियन्स लिग खेलिरहेका नेमार घाईते भएका कारण विश्वकप छनौटको खेलमा नखेल्ने भएका हुन । बिहीबार ब्राजिल फुटबल फेडरेशनले नेमार मंगलवार मोन्टभिडियोमा हुने दक्षिण अमेरिकी छनौट खेलमा नेमार नखेल्ने पुष्टि गरेको छ ।

पेरिस सेन्ट जर्मेनका कोच थोमस टुचेलले गत हप्ता नेमार ब्राजिलका लागि खेल्न असम्भव रहेको बताएका थिए । टुचेलले नेमार चोटबाट निको हुन थालेको बताएपनि ब्राजिलका मुख्य प्रशिक्षक टाइटेले नेमार टोलीमा सामेल हुनुपर्ने बताएका थिए । नेमार चोटका कारण भेनेजुएला बिरुद्धको खेल अघिनै बाहिरिएका थिए।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *