बङ्गलादेशसँगको खेलमा विकाशको डेब्यु, खवास बेन्चमा

डिसी नेपाल
२८ कार्तिक २०७७ १६:२३

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली एक वर्षपछि आज (शुक्रवार) प्रतियोगिता खेल्दै छ । राष्ट्रिय फुटबल टोलीले आज साँझ ढाकामा बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाली समयअनुसार साँझ पौने पाँच बजे सुरुहुने आजको खेलमा विकाश खवासले नेपाली राष्ट्रिय टिमबाट डेब्यु गर्ने भएका छन । उनी बंगलादेशविरुद्धको पहिलो मैत्रीपुर्ण खेलको सुरुवाती ११ मा परेका छन । आजको खेलमा भरत खवासलाई बेन्चमा राखिएको छ ।

बंगलादेशसँगको खेलमा नेपालको सुरुवाती ११ मा सुमन अर्याल, अजित भण्डारी, अनन्त तामाङ, विकाश खवास, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, रवि पासवान, अञ्जन विष्ट, र नवयुग श्रेष्ठ रहेका छन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *