खुल्ला ब्याडमिन्टन प्रतियोगितामा श्रेष्ठ विजयी

डिसी नेपाल
२८ कार्तिक २०७७ २१:५२

सिन्धुपाल्चोक । जिल्लास्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताको डबल ओपनतर्फ चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठ विजयी भएका छन् । उनीहरुले भीमबहादुर तामाङ र ध्रुव थापालाई फाइनलमा हराउँदै प्रथम भएका हुन्।

खाडीचौरमा भएको भेट्रान डबलतर्फ मेलम्चीका नवराज भट्टराई र राजन श्रेष्ठ विजयी भए । उनीहरुले फाइनलमा लालकाजी कार्की र दिनेश थापालाई पराजित गर्दै प्रथम भएका हुन्।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा विजयी हुनेलाई नगद तीस हजार, ट्रफी, दोस्रो हुनेलाई नगद १५ हजार, ट्रफी र सेमिफाइनलसम्मको यात्रा तय गर्नेलाई नगद रू सात हजार पाँच सय प्रदान गरियो । विजयीलाई वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले पुरस्कार वितरण गरे ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *