बेवारिसे नवजात शिशुको उद्धार

डिसी नेपाल
२८ कार्तिक २०७७ २२:५८

सप्तरी । बोदे बरसाईन नगरपालिका–५ जाँजरस्थित खडक खोलामा गाडिएको अवस्थामा आज एक नवजात शिशु जिवित फेला परेको छ ।

टाउकोदेखि पेटसम्मको भाग बालुवामा गाडिएको अवस्थामा शिशु फेला परेको प्रहरीले जानकारी दिएको छ । स्थानीयले खबर गरेपछि प्रहरीले उद्धार गरी उपचारका लागि शिशुलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराएको छ ।

राजविराज अस्पतालले प्राथमिक उपचार पश्चात रेफर गरेपछि आज साँझ शिशुलाई उपचारार्थ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको अस्पतालको प्रहरी बिटका प्रहरी हवल्दार रामशङ्कर यादवले जानकारी दिए।

स्थानीयले शिशुबारे जानकारी गराएसँगै घटनास्थल पुगेको प्रहरी टोलीले शिशुलाई बालुवाबाट निकाली उद्धार गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक अयोधिशरण यादवले जानकारी दिए ।

प्रहरी नायब निरीक्षक यादवले शिशु कसले फालेको भनेर अनुसन्धान भइरहेको बताए ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *