कविको आत्मा सयर
धेरै भएको थियो–मानिसहरूले मृत्यु भुलेका
बहत्तर सालको भुकम्प कति नै पुरानो भयो र ?
तर कति चाँडै मानिसले भुलिदिएछन्–मृत्युको शाश्वत सत्य ।
हरवखत मृत्यु सम्झिरहने
एउटै मान्छे त थियो–उही कवि
ऊ सम्झाइरहन्थ्यो मानिसहरूलाई–
‘मृत्यु टाढा छैन, यतैकतै हाम्रै वरिपरी अदृष्य भएर घुमिरहेको छ ।
मृत्यु अघिको समय मात्र हाम्रो हो÷मुत्यु अघिको जीवन मात्र हाम्रो हो
आफूलाई बचाउन अरुको आत्मा नलुछौं । मर्नुअघि जीवनलाई सुन्दर बनाइछाड्नुपर्छ ।’
तर मानिसहरूले सधैं कविको उपहास गरेर भने,
‘कवि भनेको जीन्सपैन्ट लगाउने जोगी हो ।
दिउँसो बास्ने भालेजस्तो कविता फलाकिरहन्छ–उदार हौं, उदार हौं ।’
सप्ताहन्तमा घुमेर उही आइतबार आएजस्तो
मृत्युले उन्नाइसौ अवतार फेरेर फेरि आयो कोभिड १९
घरमाथिबाट खस्दै गरेको पहिरोजस्तो
घरमुनिबाट थुनिदै आएको बाढीजस्तो
संसार डुब्न थाल्यो त मृत्युको भुमरिमा
बल हुनेहरू सक्दो भागिरहेछन्–मानौं, पृथ्वीबाट भाग्ने कुनै बाटो छ
धन हुनेहरू लुकिरहेछन्– मानौं, जुनिभर लुक्न सकिन्छ
पहुच हुनेहरू लुटिरहेछन्–मानौं, सम्पत्ति थुपार्न कही अर्को लोक पनि छ
यी माथिका केही नहुनेहरू नै रहेछन्
मात्रै, पहिरोमा पुरिन जन्मिएका/ मात्रै, बाढीमा बग्न जन्मिएका
मात्रै, महामारिमा पर्न जन्मिएका/मात्रै, लुटिन जन्मिएका
यो बिचमा कवि हरायो ।
कहाँ गयो जिन्सपेन्ट लगाउने जोगी ?
न लुट्नेमा छ, न लुटिनेमा छ
न मर्नेमा छ, न मार्नेमा छ
कहाँ गयो कवि? सिर्फ उसको कापी कलम र कविताहरू अलपत्र छन् ।
संसार मृत्युबाट भाग्न चाहान्छ ।
आफ्नो हातको सहरा लिएरकालाई झट्कार्दै फ्याँक्नेहरूको भीडमा पनि –
एउटा मानिस देखियो, जो सहायताको हात फैलाइरहेको थियो
आफूलाई बचाउँन सक्दो लुटेर लुक्दै गरेकाहरूको भीडमा पनि
एउटा मानिस देखियो, जो गाँस काटेर भात बाँड्न निस्दकै गरेको
वर्तमान परिप्रेक्षमा
तपाई ओछ्यानमा लुकेर पनि देखिरहनुभएको छ यावत कुरा
ज्यानको बाजी लगाएर–अस्पतालमा खटिरहेका डाक्टरहरू
मृत्युलाई नटेरी सडकमा निस्केका सुरक्षाकर्मीहरू /सञ्चारकर्मीहरू
अलपत्र मजदुरलाई उदार गर्न निस्केका इन्सपेक्टर वाइबाहरू
थाहा छ ? ती सबै कविहरू हुन् । जिन्सपेन्ट लगाउने जोगीहरू हुन् ।
उनीहरूलाई राम्ररी थाहा छ– ‘मर्नु अघि आफ्नो जीवन सुन्दर बनाइछाड्नु पर्दछ ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment