लिभरपुलका खेलाडी कोरोना सङ्क्रमित

डिसी नेपाल
३० कार्तिक २०७७ ११:३२

काठमाडौं । लिभरपुलका फरवार्ड मोहम्मद सलह कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन । इजिप्टमा रहेका सलहमा परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमण पाइएको जनाइएको छ । इजिप्टियन फुटबल अशोसिएशनले शुक्रबार एक वक्तब्य जारी गर्दै २८ वर्षीय सलह सङ्क्रमित भएपनि उनमा कुनै लक्षण नदेखिएको जनाएको छ । पछि उसले सलहलाई दोस्रो पटक परीक्षण गर्दा पनि सङ्क्रमणको पुष्टि भएको जनाएको हो । टोलिका अन्य सदस्हरुको समेत परीक्षण गरिएकोमा अन्यको रिपोर्ट निगेटिभ आएको इएफएले उल्लेख गरेको छ ।

अफ्रिका कप अफ नेशन्समा इजिप्टले टोगोलाई आतिथ्य प्रदान गर्दैछ । शनिबार इजिप्टसँग टोगोले र मंगलबार टोगोमा गएर इजिप्टले अफ्रिका कप अफ नेशन्सको छनोट खेल खेल्नेछ । सलह हाल आइसोलेशनमा रहेका छन । उनी लिभरपुलको आगामी दुई खेलमा समेत सहभागी हुने छैनन । लिभरपुलले प्रिमियर लिगमा आइतबार लेसेस्टरलाई आतिथ्य प्रदान गर्नेछ । अर्को बुधबार लिभरपुलले एनफिल्डमा एटलान्टाको सामना गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *