खेल्नै नपाएका सन्दिप लामिछानेलाई दिल्ली क्यापिटल्सको धन्यवाद सन्देश !

डिसी नेपाल
३० कार्तिक २०७७ १६:३८

काठमाडौं। इण्डियन प्रिमियर लिगको फाइनल खेल मंगलबार सकिएको छ । मंगलबार मुम्बइ इण्डियन्सले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै उपाधि जितेको छ । यो मुम्बइको पाँचौं उपाधि हो । दिल्ली आइपिएल इतिहासमै पहिलो पटक फाइनल खेलेको थियो ।

दिल्ली क्यापिटल्समा नेपाली खेलाडी सन्दिप लामिछाने पनि आबद्ध छन् । यद्यपि यो सिजन दिल्लीले कूल १७ खेल खेल्दा सन्दिपले एउटा खेल पनि खेल्न पाएनन् । अहिले दिल्ली क्यापिटल्सले ट्वीटरमार्फत उनलाई धन्यवाद दिएको छ ।

धन्यवाद सन्देशमा दिल्लीले सन्दिपलाई प्रशिक्षणका क्रममा आफ्नो शतप्रतिशत ऊर्जा दिएको भनेको छ । सधैं हाँसिरहने र टि–२० का विश्वव्यापी सनसनी भएका कारण उनलाई दिल्लीले सुन्दर व्यक्ति भन्ने ट्वीटमा उल्लेख छ । दिल्लीले उनलाई ड्रिम ११ आइपिएल २०२० को सबै सम्झनाको लागि धन्यवाद भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *