विपन्न समुदायका लागि ११६ पक्की घर बनाउन शुरु

डिसी नेपाल
३० कार्तिक २०७७ १९:२६

लाहान। वर्षौदेखि फुसको छाप्रोमा जीवन बिताउँदै आएका सिरहाको कल्याणपुर र कर्जन्हा नगरपालिका तथा बिष्णुपुर गाउँपालिकाका विपन्न समुदायका लागि ११६ पक्की घर निर्माण शुरुआत भएको छ। सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रम अन्तर्गत कल्याणपुरमा ५८, कर्जन्हामा ३७ र बिष्णुपुरमा ती समुदायका लागि पक्की घर बनाउन लागिएको हो।

यसैबर्ष भित्र घर निर्माण सम्पन्न भई हस्तान्तरण गरिने योजना रहेको शहरी विकास तथा भवन निर्माण कार्यालय राजविराजले जनाएको छ। तराई मधेशमा विपन्न जीवन बिताइरहेको, सामाजिक विभेद छुवाछुत तथा चरम आर्थिक सङ्कट खेपिरहेका छन्। पक्की घर निर्माण भएपछि उनीहरुको जीवनमा अर्थपूर्ण परिवर्तन आउने प्रदेशसभा सदस्य दिलीपकुमार साहले जानकारी दिए।

वर्षौदेखि ऐलानी जग्गामा सुकुम्बासीको रुपमा बस्दै आएका ती समुदाय पक्की घर पाउने भएपछि औधि खुशी भएका छन्। सिरहामा करिब ४ हजार घरधुरी रहेको डुम समुदाय बाँसको नाङ्गलो, हाते पंखा, ढकिया, कोनिया लगायतका सामग्री बनाएर जिबिकोपार्जन गर्दै आएको छ। यसबर्ष जनता आवास कार्यक्रम अन्तर्गत ४१० दलित, विपन्न, अल्पसङ्ख्यक समुदायको पक्की घर निर्माण हुने जनाइएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *