को बन्ला पहेंलो जर्सीको नयाँ कप्तान ? धोनी अर्को सिजन पनि खेल्ने तर कप्तानी छोड्ने

डिसी नेपाल
१ मंसिर २०७७ १५:४५

काठमाडौं। आइपिएल टिम चेन्नइ सुपरकिंग्सका कप्तान महेन्द्र सिंह धोनीले आफू अर्को सिजन पनि चेन्नइको लागि खेल्ने बताइसकेका छन् । यस सिजनको आफ्नो अन्तिम खेलमा टसको क्रममा के यो उनको पहेंलो जर्सीमा अन्तिम खेल हो ? भनी सोधिएको प्रश्नमा धोनीले यो आफ्नो अन्तिम खेल नभएको बताएका थिए । ३९ वर्षका धोनीको सन्यासको बारेमा चलेका चर्चाका बीच यसअघि नै चेन्नइका अध्यक्ष एन श्रीनिवासनले पनि धोनीले जबसम्म चाहन्छन् तबसम्म चेन्नइबाट खेल्न सक्ने बताएका थिए ।

धोनी अर्को सिजन चेन्नइबाटै खेले पनि चेन्नइको कप्तान भने धोनी नरहने भारतको राष्ट्रिय टिमका पूर्व ब्याटिङ कोच संजय बांगडले बताएका छन् । बांगडका अनुसार अर्को सिजन धोनीले फाफ डु प्लेसीसलाई कप्तानी सुम्पिएन आफू खेलाडी मात्रै रहेर खेल्नेछन् ।

आइपिएल इतिहासमा सबैभन्दा सफल मध्येको एक टिम चेन्नइको प्रदर्शन यो सिजन भने सबैभन्दा खराब रह्यो । आइपिएलको १३ वर्षको इतिहासमा चेन्नइ यो सिजन पहिलो पटक प्लेअफ पुग्न सकेन । २००८ मा आइपिएल सुरु भएदेखि अहिलेसम्म धोनीले नै टिमको कप्तानी गर्दै आएका छन् ।

स्टार स्पोर्टस टेलिभिजनको शो क्रिकेट कनेक्टेडमा कुरा गर्दै बांगडले भने ‘धोनीले २०११ को विश्वकपपछि नै भारतीय टिमको कप्तानी छोड्ने मन बनाइसकेका थिए । इङल्याण्ड र अस्ट्रेलियाको कठिन टुरलाई हेर्दै उनले सही समयमा फैसला लिए र विराट कोहलीलाई कप्तानी सुम्पिएका थिए । त्यसपछि पनि उनी खेलिरहेका थिए ।’

बांगडले अगाडि भने ‘मलाई महसुस भइरहेको छ कि आइपिएलमा पनि उनले यस्तै गर्नेछन् र फाफ डु प्लेसिसलाई कप्तानी सुम्पिनेछन् किनकि सुपरकिंग्समा डु प्लेसिस बाहेक अर्को विकल्प देखिँदैन । साथमा टिकले यस्तो खेलाडीलाई रिलिज गर्न पनि चाहँदैन जसमा कप्तानी गर्ने क्षमता छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *