पोखरामा कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु

डिसी नेपाल
१ मंसिर २०७७ २०:१९

गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म मुत्यु हुनेको सङ्ख्या १२३ पुगेको छ । भाइटिकाको दिन आज पोखरामा एक कोरोना सङ्क्रमिकको मृत्यु भएसँगै प्रदेशमा मृत्यु हुनेको सङ्ख्या १२३ पुगेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ¬पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा १५ का ७० कर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको हो ।

कात्तिक ३० गते कोराना सङ्क्रमण पुष्टि भई उपचाररत पुरुषको सोमवार ५ः२२ बजे निधन भएको निर्देशक डा बिनोदविन्दु शर्माले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *