बङलादेशका स्टार क्रिकेट खेलाडी शाकिब अल हसनलाई ज्यान मार्ने धम्की

डिसी नेपाल
२ मंसिर २०७७ १२:५७

काठमाडौं । बङलादेशी क्रिकेटर शाकिब अल हसनलाई फेसबुक लाइभको समयमा ज्यान मार्ने धम्की दिइएको छ। अलराउन्डर शाकिबलाई ईश्वरनिन्दा गरेको आरोप लगाइएको छ। बङगलादेशी क्रिकेटरले भारतको कोलकाता जाँदा त्याहा उनले कालीको पूजा गरेका थिए । त्यसकारण उनलाई ज्यान मार्ने धम्की दिईएको हो ।

ज्यान मार्ने धम्की बङगलादेशको सिल्हेट शहरका मोहसिन तालुक्दारले दिएका थिए। उनले शाकिबको व्यवहारले मुसलमानहरु अपमानित भएको दावी गरेको छन। मोहसिनले शाकिबलाई मार्न सिल्हेटबाट ढाका आउन पनि तयार रहेको बताएका थिए । सिल्हेटका एडीजी पुलिस बीएम अशरफ उल्ला ताहिरले यो कुराप्रति आफ्नो ध्यानआर्कषण भएको बताएका छन । लाईभ भिडियो लिंक अनुसन्धानका लागि साइबर फोरेन्सिक टीमलाई हस्तान्तरण गरिएको छ। छानबिन पछि कानुनी कारबाही गरिने एडीजी अशरफले बताएका छन । आइतबार दिउँसो उक्त फेसबुक लाइभ गरिएको थियो। त्यसपछि आरोपीले अर्को लाइभ मार्फत माफी मागेका छन। साथै उनले शाकिब लगायतका अन्य सेलेब्रेटीहरूलाई यस्ता किसिमको कार्य नगर्न सल्लाह दिएका छन। यद्यपि यी दुबैले फेसबुकबाट भिडियोहरू हटाएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *