बिग बाश लिगमा सन्दिप लामिछानेले मेलबर्न स्टार्स छाडेर होबार्ट हरिकेन्सबाट खेल्ने

डिसी नेपाल
२ मंसिर २०७७ १३:२५

काठमाडौं। अस्ट्रेलियाको टि–२० लिग बिग बाश लिगमा नेपाली लेगस्पिनर सन्दिप लामिछाने होबार्ट हरिकेन्समा अनुबन्धित हुने भएका छन् । यसअघि २ सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दिपको सम्झौता यो सिजनका लागि नवीकरण भएको थिएन । यससँगै उनी बिग बास लिगमा कुनै पनि फ्रेन्चाइजीमा थिएनन् ।

उनलाई होबार्ट हरिकेन्सले आबद्ध गर्ने भएको छ । सन्दिप र हरिकेन्सबीच सम्झौता भइसकेको छैन त्यसैले उनलाई कति मूल्यमा आबद्ध गर्न लागिएको हो भन्ने प्रस्ट भइसकेको छैन । यद्यपि डेलीमेलले समाचारमा हरिकेन्सले २ जना उदाउँदा स्पिनरहरु सन्दिप लामिछाने र जहिर खानलाई आबद्ध गर्ने पक्का भएको लेखेको छ । २१ वर्षे जहिर खान अफगानी रिस्टस्पिनर हुन् जो यसअघिको सिजन ब्रिस्बेन हीटबाट खेलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *