प्रिमियर लिगका १६ जानामा कोरोना पोजेटिभ, सुआरेजले विश्वकप छनौट नखेल्ने

डिसी नेपाल
२ मंसिर २०७७ १३:२९

काठमाडौं । ईङलिश प्रिमियर लिग (ईपीएल)का खेलाडी तथा कर्मचारीहरु समेत १६ जानामा कोरोना पोजेटिभ देखिएको छ । गत जुन महिनाबाट पुनरागमन गरेको फुटबल खेलमा एकै हप्तामा यति धेरै संख्यामा कोरोना देखिएको यो पहिलो पटक हो । अर्को तर्फ उरुग्वेका स्टार फुटबल खेलाडी लुइस सुआरेज पनि कोरोना संक्रमित भएका छन । उनले विश्वकप फुटबल छनौट अन्तर्गत ब्राजिल विरुद्वको खेल गुमाउने भएका छन ।

प्रिमियर लिग व्यबस्थापनका अनुसार ९ देखी १५ नोभेम्वरका बीचमा खेलाडी र कर्मचारीहरु गरेर कुल एक हजार दुईसय सात ब्यक्तिहरुको स्वाब संकलन गरिएको थियो । जसमध्ये १६ जानमा कोरोना पोजेटिभ देखिएको छ । व्यबस्थापनले संक्रमित ब्यक्तिहरुको नाम खुलाएको छैन । संक्रमित ब्यक्तिहरु हाल आईसोलेसनमा रहेका छन । उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि मात्र टोलीमा सहभागी हुन पाउने छन । यसैबिच उरुग्वेका दुई फुटबल खेलाडीहरु कोरोना संक्रमित भएको खबर बाहिर आएको छ । उरुग्वे फुटबल एसोसियनका अनुसार सुआरेज अघि गोलकिपर रोड्रिगो मुनोज र टोलीका एक अधिकारीमा पनि कोरोना संक्रमण भेटिएको छ । हाल तीनै जानाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उरुग्वे टोलीले फिफा २०२० विश्वकप छनौट अन्तर्गत बाज्रिलसँग प्रतिस्पर्धा गर्ने भएको छ । साउथ अमेरिकन छनौटमा सुआरेजले सबैभन्दा बढी गोल गरेका छन । दश टोलीहरु रहेको छनौट खेलमा ६ अंकका साथ उरुग्वे अंक तालिकामा चौथो स्थानमा रहेको छ । उरुग्वले अहिले सम्म खेलेको खेलमध्ये दुईमा जित र एकमा हार ब्योहोरेको छ । साथै ब्राजिल तीन जितका साथ ९ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *