कोरोनाका कारण ओलम्पिक स्वर्ण पदक विजेता सहित अन्य २० खेलाडीहरू ‘डेलिभरी ब्वई’ बन्न बाध्य

डिसी नेपाल
२ मंसिर २०७७ १५:१८

काठमाडौं । कोविड–१९ महामारीले विश्वका प्रत्येक व्यक्तिको जीवनलाई असर गरेको छ। जसमा ईन्जिनियर, आईटी पेशागर्नेहरु, सरकारी र निजी कर्मचारीहरू, साथ साथै ओलम्पिकमा स्वर्ण पदक जितेका खेलाडीहरू पनि समावेश छन्। पोल्याण्डमा भेनेजुएला तलवारबाजी टोलीका २० सदस्यहरुको स्थिती नाजुक हुदा डेलिभरी ब्वई बन्न बाध्य भएका छन्। नेदरल्याण्ड्सका एक क्रिकेटरको अवस्था पनि यस्तै रहेको छ ।

पैतिस बर्षीय रूबेन लिमार्डो भेनेजुएलाको राष्ट्रिय तलवारबाजी टोलीका सदस्य हुन्। तर हाल उनी पोल्याण्ड स्थित आफ्नो गृहनगर लोजमा साइकलमा खाना डेलिभरी गर्छन। उनी एक्लो मात्र नभएर उनका टोलीका २० खेलाडीहरूले पनि त्यस्तै काम गरिरहेका छन्। उनले हालै आफुले गर्ने कामको बारेमा सबैलाई बताएका छन । उनी भन्छन – “अब हामी सबै डेलिभरी राईडर बनेका छौं । तपाईं आफ्नै तरिकाले कमाउन सक्नुहुन्छ र यो काम अन्य कामहरू जस्तै मिल्दोजुल्दो छ।” ८ बर्षअघि उनले लन्डन ओलम्पिकमा आफ्नो देशको लागि स्वर्ण पदक जितेका थिए। पछिल्लो ४४ बर्षमा भेनेजुएलाका लागि ओलम्पिक पदक जित्ने उनी दोस्रो खेलाडी बनेका थिए। तर कोविड महामारीले गर्दा स्थिति परिवर्तन भयो। रुबेन भन्छन्, “हामीले भेनेजुएलाबाट धेरै थोरै पैसा पायौं किनभने त्यहाँको अवस्था पनि खराब छ, र महामारीले गर्दा सबैकुराहरु परिवर्तन भएको छ।अहिले कुनै प्रतिस्पर्धा छैन। टोकियो ओलम्पिक पनि एक बर्षको लागि स्थगित गरियो र प्रायोजकहरूले अर्को बर्ष खेल सुरु गर्ने बताएका छन । यसकारण हामी यस तरिकाले आफ्नो जीविकोपार्जन गरिरहेका छौं।” रुबेनका अनुसार उनी र अन्य खेलाडीहरू पनि कामबाट फ्रि भएपछि अभ्यास गर्छन ।

नेदरल्याण्ड्सका क्रिकेटर पउल भ्यान मिकेनको पनि अवस्था यस्तै छ, उनी कोभिडका कारण क्रिकेट ठप्प भएपछि अहिले जीविकापार्जनका लागि खाना डेलिभरी ब्वई बन्न पुगेका छन। २७ बर्षीय पउल राष्ट्रिय टोलीका मुख्य बलर हुन । उनले अन्तिम खेल २०१९ को जुन महिनामा जिम्बावेको बिरूद्ध खेलेका थिए। समाजिक संजालमा आफ्नो अवस्थाप्रति दुःख व्यक्त गर्दै उनले लेखे “यो समयमा मैले क्रिकेट खेल्नु पर्ने थियो, तर यो जाडोमा मौसममा मैले खाद्यान्नको प्याकेटहरू घर–घरमा पुगाउनु परेको छ। सबै कुराहरु यसरी परिवर्तन हुन्छन्, यो एक ठट्टा जस्तो सुनिन्छ।” पउलले लकडाउनमा यो काम सुरु गरेका छन। उनी टी २० विश्वकप स्थगितिको कारण निराश छन्, तर उनी अझै पनि आशा गर्छन् कि परिस्थिति परिवर्तन भएमा उनी खेलमा फर्किन सक्षम हुनेछन।

 

 

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *