बङ्गलादेशसँगको दोस्रो खेलमा छिरिङ गुरुङको डेब्यु, भरत खवास कप्तान

डिसी नेपाल
२ मंसिर २०७७ १६:१५

काठमाडौं । ‘मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज अन्तर्गत बङ्गलादेशसँगको दोस्रो खेलमा छिरिङ गुरुङले नेपाली राष्ट्रिय टोलीका लागि डेब्यु गर्देछन ।  उनी च्यासल युवा क्लबबाट घरेलु लिग खेल्दै आएका छन् । आजको खेलमा अनुभवी भरत खवासलाई राष्ट्रिय टोलीको कप्तानीको जिम्मेवारी दिईएको छ । पहिलो खेलमा बङलादेशसँग २–० ले पराजित भएर खराब बोहनी गरेको नेपालले दोस्रो खेल मंगलवार नेपाली समय अनुसार अपरान्ह ४.४५ बजे बङ्गबन्धु रङ्गशालामा बङगलादेशको घरेलु मैदानमा खेल्दैछ । बिहीवार पाँच वर्षपछि बङ्गलादेशसँग नेपाली टोली पराजित हुदा नेपाली फुटबल टिम मात्र होइन समर्थक पनि निराश रहेका छन् । तर मंलवार नेपाली फुटबल टिमसमक्ष सो हारलाई बिर्साउने अवसर पाँच दिनपछि नै पाएको छ । उक्त अवसरलाई नेपाली खेलाडीहरुले आफ्ना समर्थकको निराशालाई खुशीमा बदल्न जिम्मेवारी बोध गरेर खेल्ने आशा गरिएको छ । नेपाली टिमले आजको खेल ४-२-३-१ को फर्मेसनमा  खेल्नेछ ।

आजको सुरुवाती ११ मा भरत खवास (कप्तान), अन्जन बिष्ट, सुजल श्रेष्ठ, दर्शन गुरुङ, एरिक बिष्ट, तेज तामाङ, रन्जित धिमाल, अन्न्त तामाङ, विकाश खवास, छिरिङ गुरुङ र किरण चेम्जोङ (गोलकिपर) रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *