नेपाल बिरुद्व बङलादेश : दोस्रो खेल गोलरहित बराबरीमा टुङ्गियो

डिसी नेपाल
२ मंसिर २०७७ १८:५५

काठमाडौं । ‘मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज अन्तर्गत नेपाल र बङ्गलादेशबीचको दोस्रो खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । पहिलो हाफ सकिदा सम्म दुबै टोलीबाट कुनैपनि गोल नहुदा दोस्रो हाफ पनि गोलरहित बराबरीमा सकिएको छ । खेल अवधिमा दुवै टिमले केहि गोलका अवसर खेर फालेका थिए । आजको खेलमा नेपालले अघिल्लो खेलको तुलनामा केहि राम्रो प्रदर्शन गरेको छ । पहिलो खेलमा बङलादेशसँग २–० ले पराजित भएर खराब बोहनी गरेको नेपालले आज खेल बराबरी खेलेसँगै मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज पनि गुमाएको छ । सिरिजमा १–० अग्रता लिदै घरेलु टोली बङलादेशले अन्तर्राष्ट्रिय फुटबल सिरिजको उपाधि जितेको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *