नेपाल र बङलादेशबीचको खेलमा दर्शक किन पुगे मैदानमा ?

डिसी नेपाल
२ मंसिर २०७७ १९:२२

काठमाडौं । ‘मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज अन्तर्गत नेपाल र बङ्गलादेशबीचको दोस्रो खेलमा एक युवा दर्शक मैदानमा प्रवेश गरेका छन । बङलादेशको बङ्गबन्धु रङ्गशालामा भएको खेलमा खेलको ७२ औं मिनेटमा ती युवा दर्शक मैदानमा प्रवेश गरेका थिए । खेलको समयमा मैदानमा रहेका सुरक्षाकर्मीहरुको आँखा छल्दै उनी मैदानमा प्रवेश गरेका थिए । मैदानमा प्रवेश गरेपछि उनी दौडदै बङलादेश फुटबल टोलीका कप्तान जमल भुयान नजिक पुगेर सेल्फीका लागि आग्रह गरेका थिए । उनको आग्रहलाई सहजै स्विकार गर्दे कप्तानले उक्त दर्शकलाई सेल्फी खिच्न दिईएको दृश्यमा देख्न सकिन्छ ।

नेपाल र बङलादेशबीचको उक्त खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । पहिलो हाफ सकिदा सम्म दुबै टोलीबाट कुनैपनि गोल नहुदा दोस्रो हाफ पनि गोलरहित बराबरीमा सकिएको छ । खेल अवधिमा दुवै टिमले केहि गोलका अवसर खेर फालेका थिए । आजको खेलमा नेपालले अघिल्लो खेलको तुलनामा केहि राम्रो प्रदर्शन गरेको छ । पहिलो खेलमा बङलादेशसँग २–० ले पराजित भएर खराब बोहनी गरेको नेपालले आज खेल बराबरी खेलेसँगै मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज पनि गुमाएको छ । सिरिजमा १–० अग्रता लिदै घरेलु टोली बङलादेशले अन्तर्राष्ट्रिय फुटबल सिरिजको उपाधि जितेको छ ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *