सलहपछि इजिप्टका मीडफिल्डर मोहमद एल्नेनीमा सङ्क्रमणको पुष्टि

डिसी नेपाल
२ मंसिर २०७७ २१:५१

काठमाडौं । आर्सनलका मीडफिल्डर मोहमद एल्नेनी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन । इजिप्टेली फुटबल संघले एक वक्तब्य जारी गरी उनी सङ्क्रमित भएको पुष्टि गरेको छ । इजिप्टको अफ्रिका कप अफ नेशन्समा सहभागी हुन टोगो आइपुगेका २८ वर्षीय एल्नेनीमा कुनै लक्षण नदेखिएपनि मंगलबार परीक्षण गर्दा सङ्क्रमणको पुष्टि भएको जनाइएको छ । एल्नेनीका टोली साथी एवम् लिभरपुलका फरवार्ड मोहम्मद सलहमा गत् शुक्रबार सङ्क्रमणको पुष्टि भएको थियो ।

गत् शनिबार टोगो विरुद्धको खेलमा इजिप्टले १–० को जित हात पार्दा मीडफिल्डर एल्नेनी ९० मिनेटसम्म पूर्ण स्वस्थ्य रही योगदान दिएका थिए । सङ्क्रमणको पुष्टि भएसँगै एल्नेनी इजिप्टको राजधानी कायरो पुगेका छन । उनी सेल्फ आइसोलेशनमा बस्दा आर्सनलको लीड्सका लागि निर्धारित प्रिमियर लिगको खेल र यूरोपा लिग अन्तगर्त नर्वे विरुद्धको खेलमा अनुपस्थित हुनुपर्नेछ । सोमबार नै प्रिमियर लिगले एक हजार २०७ जना खेलाडीको परीक्षण गर्दा १६ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको थियो । सङ्क्रमण पुष्टि भएका खेलाडी र कर्मचारी दश दिनको सेल्फ आइसोलेशनमा बस्ने लिगले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *