जोर्डन हेण्डरसन र रहीम स्टर्लिङ नेशन्स कपबाट बाहिर

डिसी नेपाल
२ मंसिर २०७७ २१:५५

काठमाडौं । इंग्ल्याण्डका जोर्डन हेण्डरसन र रहीम स्टर्लिङले नेशन्स कप लिग फुटबल अन्तगर्त आइसल्याण्ड विरुद्धको खेलबाट बाहिरिएका छन् । दुबै जना घाइते भएपछि आइसल्याण्ड विरुद्ध बुधबार हुने खेलमा अनुपस्थित हुने भएका छन् ।

खुट्टामा तनाब उत्पन्न भएपछि लिभरपुलका कप्तान हेण्डरसन गत् आइतबार सम्पन्न बेल्जियम विरुद्धको खेलमा हाइफ टाइमपछि बाहिरिएका थिए । उक्त खेलमा इंग्ल्याण्ड २–० ले हार बेहोर्यो । म्यान्चेष्टर सिटीका रहीम स्टर्लिङ भने पिडौंलाको चोटको कारण बेल्जियम विरुद्धको खेलमा समेत अनुपस्थित हुनुपर्यो । साताको अन्त्यमा सुरु हुन लागेको प्रिमियर लिगमा सहभागी हुन दुबै खेलाडी फिटनेस मूल्याङ्कनका लागि आ आफ्नो टोली फर्किएका छन् । म्यान्चेष्टर सिटी टटनहममा छ । उसले टटनहम विरुद्ध शनिबार खेल्नेछ । लिभरपुलले लिसेस्टरलाई आइतबार आयोजना गर्नेछ । बेल्जियमसँग हार बेहोरेपछि इंग्ल्याण्डले अक्टोबर महिनामा हुने नेशन्स लिगको फाइनलको छनोटबाट बाहिरिन पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *