कराँची किंग्सलाई पिएसएल उपाधी
काठमाडौं । कराँची किंग्सले पाकिस्तान सुपर लिग क्रिकेटको उपाधी जितको छ । गएराती सम्पन्न फाइनल खेलमा कराँची किंग्सले लाहोर कलन्दर्सलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक पिएसएल उपाधी जितेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको लाहोर कलन्दर्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । जवाफी व्याटिङमा कराँची किंग्सले १८ दशमलव ४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेपछि यो फाइनल खेल कराँचीले जितेको हो । ४९ लमा ६३ रन बनाउन सफल कराँची किंग्सका बाबर अजाम म्यान अफ द टुर्नामेन्ट समेत घोषित भए ।
प्रतिक्रिया
Facebook Comment