सातो कप इन्टरनेशनलमा नेपालका रविन्द्र मानन्धरलाई स्वर्ण

डिसी नेपाल
३ मंसिर २०७७ १२:३६

काठमाडौं । क्यानडा कराते संघको आयोजनामा भएको अनलाईन सातो कप इन्टरनेशनल प्रतियोगितामा नेपालका रविन्द्र मानन्धरले स्वर्ण पदक जितेका छन् । भर्चुअल माध्यमबाट भएको डिभिजन जीको ४० वर्ष माथिको पुरुष मास्टर्स ब्राउन देखि ब्लाकबेल्ट समूहमा मानन्धरले स्वर्ण जितेका हुन् । प्रतियोगिता क्यानडा लगायत नेपाल, भारत, युएसए, मोजाम्बिक, अष्ट्रेलिया, पोर्चुगल, जापान र जर्मनी गरि ९ राष्ट्रको सहभागिता रहेको थियो । नेपाल सितोरियो कराते संघको तर्फबाट प्रतिस्पर्धा गरेका मानन्धरले युबिसी सितोरियो सातो हा कराते क्लबका माईक नाकात्सुलाई फाईनलमा पराजित गरेका थिए ।

महिला डिभिजन ३९ अन्तरगत ब्लु देखि ब्राउन बेल्ट समूहमा नेपालकी निता आचार्यले स्वर्ण जितिन् । उनले युबिसी गोजुरियोकी थी अडसेनलाई पराजित गरेकी थिईन् । नेपालका लागि अर्को स्वर्ण सन्जु देसार र मनिष कार्कीले जिते। सञ्जुले डिभिजन २७ अन्तर्गत महिला १४– १५ वर्ष ब्लु देखि ब्राउन बेल्टको विधामा भानकोभर सातो हा सितोरियोकी भानिशा क्वानलाई फाईनलमा पराजित गर्दै स्वर्ण जितेकी हुन् । यस्तै मनिष कार्कीले डिभिजन ३० को पुरुष १४–१५ वर्ष ब्लु देखि ब्राउन बेल्ट प्रतिस्पर्धामा इसिन काईका हिरोकी मेगावालाई पराजित गर्दै स्वर्ण जिते । पुरुष ब्लाकबेल्ट ईलाईटमा स्वनिम मानन्धरले कास्य पदक प्राप्त गरे । डिभिजन डी पुरुष १६–१७ बर्ष ब्लाकबेल्ट ईलाईटमा प्रनिल मानन्धरले कास्य पदक प्राप्त गरे । नरहरीपुर डोजो, मच्छेगाउँका उपाध्यक्ष हाल मकाउ निवासी मनिन कुमार महर्जनको सहयोगमा खेलाडीहरुले प्रतियोगितामा सहभागि जनाएको खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धरले बताए । बिजयी खेलाडीहरु सवै नरहरीपुर डोजो, मच्छेगाउँका खेलाडीहरु रहेको समेत प्रशिक्षक मान्धरले बताए । मान्नधर हाल नरहरीपुर डोजो, मच्छेगाउँका प्रशिक्षक समेत रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *