पुरुष पछि कमनवेल्थ गेममा पहिलो पटक महिला क्रिकेट टोलीले सहभागिता जनाउने

डिसी नेपाल
३ मंसिर २०७७ १४:३१

काठमाडौं । कमनवेल्थ गेम २०२२ मा महिला क्रिकेट टोलीले पनि सहभागिता जनाउने भएका छन । सन १९९८ मा पहिलो पटक पुरुष क्रिकेट टोलीलाई कमनवेल्थ गेममा समावेश गरिएको थियो । पुरुष टोलीले सहभागिता जनाएको करिब २४ बर्षपछि महिला क्रिकेट टोलीले प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन । कमनवेल्थ गेममा महिला टोलीको सहभागिताका लागि आयोजक राष्ट्र ईङल्यान्ड सहित अन्य सात राष्ट्रहरुले सहभागिता जनाउने छन ।

आईसीसी टी–२० महिला वरियतामा १ अप्रिल २०२१ सम्ममा रहेका सात टोलीले प्रतियोगितामा सहभागिता जनाउने भएका छन । प्रतियोगिता ईङल्यान्डको बर्मिंघममा हुनेछ । ईङल्यान्ड महिला टोलीका कप्तान हीथर नाइटले कमनवेल्थ गेममा महिला क्रिकेट टोलीको सहभागिता प्रति खुशी ब्यक्त गर्दे भनिन, “हामीलाई खुशी लागिरहेको छ, हामीले पहिलो पटक कमनवेल्थ गेममा घरेलु मैदानमा मै सहभागिता जनाउन गई रहेका छौं । महिला क्रिकेटको विकासकोे लागि यो एउटा राम्रो अवसर हो । हामी बर्मिंघम हुने प्रतियोगिताका लागि उत्साहित छौं ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *