ईङल्यान्डले १६ बर्षपछि पाकिस्तान भ्रमण गर्ने

डिसी नेपाल
३ मंसिर २०७७ १५:२५

काठमाडौं । ईङल्यान्ड क्रिकेट टोलीले १६ बर्षपछि पाकिस्तान भ्रमण गर्ने भएका छन । ईङल्यान्ड र पाकिस्तानबीच २०२१ अक्टुवर १४ र १५ हुने दुई खेलको टी–२० सिरिजको लागि ईङल्यान्डले पाकिस्तान भ्रमण गर्ने भएको हो । खेल पाकिस्तानको कराँचीमा हुने तय भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) र ईङल्यान्ड क्रिकेट बोर्ड (ईसिबी) बीच अर्को बर्ष टी–२० विश्वकप अघि दुबै टोलीले सिरिज खेल्ने सहमति भएको हो । दुबै टोलीबीच तय भएको तालिका अनुसार ईङल्यान्ड टोली २०२१ अक्टुवर १२ पाकिस्तान पुग्ने छ । अक्टुवर १४ र १५ मा ईङल्यान्डले पाकिस्तानसँग दुई टी–२० खेल्ने र अक्टुवर १६ मा भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

ईङल्यान्डले यसअघि सन २००५ तिन टेस्ट र पाँच एकदिवसीय खेलको सिरिजको लागि पाकिस्तान भ्रमण गरेको थियो । त्यसपछि दुबैटोली बीच सन २०१२ र २०१५ मा युएईमा भेट भएको थियो । अक्टुवरमा हुने सिरिज अर्को महिनामा भारतमा हुने टी–२० विश्वकपको तयारी को रुपमा लिईएको छ । ईङल्यान्ड टोलीले २०२२ मा टेस्ट सिरिजको लागि पाकिस्तान भ्रमण गर्ने यसअघि नै तय भईसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *