अफगानिस्तानका खेलाडीहरुले बिबिएल खेल्न नपाउने

डिसी नेपाल
३ मंसिर २०७७ १५:५१

काठमाडौं । अफगानिस्तानका क्रिकेट खेलाडीहरुले यो सिजनको बिबिएल खेल्न नपाउने भएका छन । अफगानिस्तान क्रिकेट बोर्डले आयरल्यान्ड विरुद्व हुने एकदवसीय सिरिजको लागि खेलाडीहरुलाई फिर्ता बोलाउने भएको छ । आयरल्यान्ड र अफगानिस्ताबीच २०२१ जनवरी १८, २१ र २३ मा तिन खेलको एकदिवसीय सिरिज हुने तय भएको छ । सिरिजका खेलहरु युएईमा हुनेछन ।

एकदिवसीय सुपर लिग अन्तर्गत हुने सिरिजमा सहभागिता जनाउने भएपछि अफगानी खेलाडीहरु उपलब्ध हुन नसक्दा बिबिएलका टोलीहरुलाई टाउको दुखाई हुने भएको छ । बिबिएलमा अफगानिस्तानका रशिद खान, मुजिब–उर–रहमान र मोहम्मद नाबीले क्रमशः एडिलेड स्ट्राइकर, ब्रिस्बेन हीट र मेलबोर्न रेनेगेड्सबाट खेल्ने तय भएको छ । बिबिएलमा अफगानिस्तानका नूर अहमद, जाहिर खानले पनि सहभागिता जनाउने भएका छन । यी दुबै खेलाडीहरुले हाल सम्म अफगानिस्तान टोलीबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने मौका पाएका छैनन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *