बङ्गलादेशमा रहेका नेपाली फुटबल टोलीका व्यवस्थापकलाई कोरोना

डिसी नेपाल
३ मंसिर २०७७ २३:०६

काठमाडौँ । बङ्गलादेशमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार बङ्गलादेशविरुद्धको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ढाकामा रहेका उपाध्यायलाई कोरोना भएको हो । सङ्क्रमित उपाध्यायको अहिले ढाकास्थित बंगबन्धु शिख मुजिब मेडिकल अस्पतालमा उपचार भइरहेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए ।

उनको स्वास्थ्य अवस्था सामान्य छ । यसअघि नेपाली फुटबल टोलीका एक खेलाडीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

नेपाली फुटबल टोली बङ्गलादेशविरुद्ध दुई अन्तरराष्ट्रिय खेल खेल्न ढाका गएको हो । गत कात्तिक २८ गते भएको पहिलो खेलमा नेपाली टोली बङ्गलादेशसित २–० गोलले पराजित भएको थियो भने मङ्गलबार भएको दोस्रो खेल बङ्गलादेशसित गोलरहित बराबरी खेलेको थियो । नेपाली फुटबल टोली बिहीबार स्वदेश फर्कने एन्फाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *