दिल्लीबाट कुनै खेल खेल्न नपाएका दुवै विदेशी खेलाडी बीबीएलमा पनि एउटै टिममा !

डिसी नेपाल
४ मंसिर २०७७ १४:१७

काठमाडौं। यस सिजनको इण्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्समा आबद्ध २३ खेलाडीहरुमध्ये ३ जना खेलाडीले एउटा पनि खेल खेल्न पाएनन् । तीमध्ये २ जना विदेशी खेलाडी थिए । नेपाली लेगस्पिनर सन्दिप लामिछाने, वेष्ट इण्डिजबाट खेल्ने गुयनाका अलराउण्डर कीमो पल र भारतीय अलराउण्डर ललित यादवले यो पूरै सिजन बेन्चमै बसेर बिताए । दिल्लीले अवसर नदिएका दुवै विदेशी खेलाडीलाई अस्ट्रेलियाको बिग बाश लिगमा होबार्ट हरिकेन्सको एउटै टिमबाट खेल्ने भएका छन् । कीमो पल अघिल्लो सिजन पनि हरिकेन्समै थिए ।

कूल ५ विदेशी खेलाडी आबद्ध गर्न पाइने नियमअनुसार हरिकेन्सले सन्दिप लामिछानेलाई आबद्ध गरेको हो । नेपाली स्टार सन्दिप लामिछाने अन्तिम अर्थात पाँचौं विदेशी खेलाडीको रुपमा होबार्ट प्रवेश गरेका हुन् । होबार्टमा कीमो पल र इङल्याण्डका डेविड मलान पहिल्यै थिए । अन्य २ विदेशी खेलाडीमा इङल्याण्डका विल ज्याक्स र दक्षिण अफ्रिकाका कोलिन इन्ग्राम थपिएका छन् । स्मरणीय छ हरिकेन्स त्यही टिम हो जुन टिमविरुद्ध सन्दिपले २ वर्षअगाडि बीबीएल डेब्यू गरेका थिए । त्यो खेलमा सन्दिपले ४ ओभरमा मात्रै २४ रन दिएर ३ विकेट लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *