नेपाल रग्बी संघलाई विश्व रग्बी महासंघको एसोसियट सदस्यता

डिसी नेपाल
४ मंसिर २०७७ १६:३१

काठमाडौं । विश्व रग्बी महासंघको बुधवार बसेको बैठकले नेपाल रग्बी संघलाई एसोसियट सदस्यता प्रदान गरेको छ । सन २०१८ मा एसिया रग्बी महासंघको पूर्ण सदस्यता पाएको दुई बर्षपछि नेपाल रग्बी संघले विश्व रग्बी महासंघबाट एसोसियट राष्ट्रको सदस्यता पाएको हो । सन १९९५ मा नेपालमा रग्बी संघ दर्ता भएपनि यो खेल करिब ८–९ अघिबाट मात्र नेपालमा खेल्न थालिएको संघका महासचिव चेतन राज गिरी बताउछन । नेपाल खेलिएपनि खासै चर्चा नपाएको यो खेलले ८–९ बर्षमा एसोसियट राष्ट्रको सदस्यता पाउनु हामीले गरेको ठुलो उपलब्धि भएको गिरीले बताए । यो सफलतासँगै नेपाललाई अब ओलम्पिक छनौट र विश्वकप छनौटमा सहज हुने गिरीको भनाई छ ।

एसोसियट सदस्यता पाएपछि संघले एक बिज्ञप्ती जारी गर्दे घरेलु तथा बाह्य प्रतियोगिता तथा रग्बी खेलका लागि लागिपर्ने सबै सम्बद्व पक्षको लागि यो ठुलो उपलब्धि भएको र विश्व रग्बी महासंघको यो निर्णयले नेपाल रग्बी संघको आयाम बढेको जनाएको छ । संघले यो जिम्मेबारी निर्वाह गर्न तयार रहेको बताउदै नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदलाई सहयोगको लागि धन्यबाद ज्ञापन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *