अन्तर्राष्ट्रिय एकदिवसीयको पूर्बसन्ध्यामा दक्षिण अफ्रिकी खेलाडी कोरोना संक्रमित

डिसी नेपाल
४ मंसिर २०७७ १७:५४

काठमाडौं । इंग्ल्याण्ड विरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीयको पूर्बसन्ध्यामा दक्षिण अफ्रिकाका एक खेलाडी कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । सङ्क्रमित खेलाडीको सम्पर्कमा आएका अन्य दुई खेलाडीलाई केपटाउनमा सेल्फ आइसोलेशनमा राखिएको छ ।

क्रिकेट दक्षिण अफ्रिकाले बुधबार एक वक्तब्य जारी गरी तीनैजना खेलाडीमा लक्षण नदेखिएपनि चिकित्सकको निगरानीमा रहेको उल्लेख गरेको छ । केपटाउनस्थित शिविरमा प्रवेश गर्नुअघि ५० जना खेलाडी र कर्मचारीमा कोरोना सङ्क्रमणको परीक्षण गरिएको थियो । साउथ अफ्रिकाले इंग्ल्याण्ड विरुद्ध तीन टी ट्वान्टी र तीन अन्तर्राष्ट्रिय एकदिवसीय खेल्नेछ । नोभेम्बर २७ मा दुई टोलीबीचको पहिलो टी ट्वान्टी खेल हुनेछ । इंग्ल्याण्ड क्रिकेट टोली दक्षिण अफ्रिका पुगिसकेको छ । र शनिबारदेखि पचास ओभरको अभ्यास खेल खेल्नेछ । दक्षिण अफ्रिका पुगे लगत्तै खेलाडीहरुको कोभिड परीक्षण गरिएकोमा सबैको रिपोर्ट निगेटिभ आएको इंग्ल्याण्ड क्रिकेट बोर्ड(इसीबी)ले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *