वर्ल्ड टेस्ट च्याम्पियनशिपः खेल्दै नखेली अस्ट्रेलिया शीर्षमा पुग्यो भारत दोस्रोमा झर्‍यो

डिसी नेपाल
५ मंसिर २०७७ १०:३०

काठमाडौं। टेस्ट क्रिकेटको वर्ल्ड टेस्ट च्याम्पियनशिपको अंक तालिका परिवर्तन भएको छ । सबैभन्दा रोचक त के भने पछिल्लो केही महिनायता कुनै पनि देशले टेस्ट खेलिरहेका छैनन् । तर, अंक तालिकामा भने अचानक परिवर्तन भएको छ । दोस्रो स्थानमा रहेको अस्ट्रेलिया शीर्ष स्थानमा पुगेको छ भने शीर्ष स्थानमा रहेको भारत दोस्रोमा झरेको छ ।

यो परिवर्तन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले नियममा गरेको परिवर्तनका कारण भएको हो । आइसीसीले कोभिड–१९ महामारीका कारण अंकको नियममा परिवर्तनको घोषणा गरेको छ । आइसीसीले अनिल कुंबलेको अध्यक्षतामा रहेको क्रिकेट समितिको सिफारिसलाई स्वीकृति दिएको हो ।

अब वर्ल्ड टेस्ट च्याम्पियनशिपको बरियताको निर्णय अंकको प्रतिशतको आधारमा गरिनेछ । यो निर्णयसँगै यसअघि दोस्रो स्थानमा रहेको अस्ट्रेलिया शीर्षमा पुगेको छ । यसअघि शीर्ष स्थानमा रहेको भारत दोस्रो स्थानमा झरेको छ । आइसीसीले महामारीको क्रममा तय भएर खेल्न नसकिएका टेस्टलाई ड्र मानेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *