आईसीसीको नयाँ नियम अनुसार अब यी उमेरका खेलाडीहरूले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नपाउने
काठमाडौं । आईसीसीको नयाँ नियम अनुसार अब अन्तर्राष्ट्रिय खेलमा १५ बर्ष भन्दा कम उमेर भएका खेलाडीले पुरुष, महिला, वा यू–१९ क्रिकेट खेलमा सहभागिता जनाउन पाउने छैनन। आईसीसी बोर्डले यो नियम खेलाडीहरूको सुरक्षालाई ध्यानमा राखी बनाएको जनाएको छ। उमेर सिमा आईसीसीको प्रतियोगिता, द्विपक्षीय क्रिकेट र १९ बर्ष मुनिका क्रिकेट सहित सबै प्रकारका क्रिकेटमा लागू हुने आईसीसीले जनाएको छ ।
आईसीसीले जारी गरेको विज्ञप्ति अनुसार अपवाद भएमा सदस्य बोर्डले आईसीसीलाई १५ बर्ष भन्दा कमका खेलाडीहरू खेल्न अनुमोदनको लागि अपील गर्न पाउनेछ। तर खेलाडीको खेल्ने अनुभव, मानसिक विकास र उसले कसरी अन्तर्राष्ट्रिय क्रिकेटको दबाबको सामना गर्न सक्षम हुनेछ भन्ने कुरामा ध्यान दिइनेछ । यद्यपि कुनै सदस्य बोर्डले आईसीसीलाई १५ बर्ष भन्दा कम उमेरका खेलाडीहरू खेल्न अनुमति माग्न सक्छ, तर त्यो खेलाडी अनुभव र खेलको मानसिक विकासको साथ प्रतिस्पर्धा गर्न सक्षम हुनुपर्ने आईसीसीले जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानका हसन रजाले १४ बर्ष २२७ दिनको उमेरमा आफ्नो पहिलो खेल खेलेका थिए। उनी अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने सबैभन्दा कान्छा खेलाडी हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment