न्यूजील्याण्डका २४ बर्षीय क्रिकेटर क्यान्सर संक्रमित

डिसी नेपाल
६ मंसिर २०७७ १७:४३

काठमाडौं । न्यूजील्याण्डका पहिलो श्रेणीका क्रिकेटर एन्ड्रयु हेजलडाइनको क्रिकेट करियर धरापमा परेको छ । कारण उनी होजकिंगस ल्यामफोमाबाट पिडित भएका छन । यो एक किसिमको क्यान्सर हो, जसको कारण इम्यून सिस्टममा असर पर्दछ । तिव्र गतिका बलर हेजलडाइनले यो रोगको बारेमा सेप्टेम्बर २०२० मा थाहा पाए ।

उनलाई लागेको यो रोग हाल सुरुवाती चरणमा रहेको छ र हेजलडाइन यो रोगबाट स्वस्थ हुने क्रममा रहेका छन । उनी अघिल्लो सिजनको घरेलु क्रिकेट खेल्ने सम्भावना बढदै गएको छ । हेजलडाइन क्यान्टरबरी टोलीका लागि पहिलो श्रेणीको क्रिकेट खेल्ने गर्छन । यो टोलीका लागि उनले मार्च २०१८ मा डेब्यु गरेका थिए । तिव्र गतिका बायाँ हाते बलर हेजलडाइनले पहिलो श्रेणीको क्रिकेटमा अहिले सम्म १५ खेलमा ३५ विकेट लिएका छन । उनको उत्कृष्ट बलिङ फिगर ५/३३ रहेको छ । यसका साथै उनले १६ लिस्ट ए खेलमा २१ विकेट लिएका छन । क्यान्टरबरीका लागि उनले एकमात्र टी–२० खेलेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *