नेपालगञ्ज म्याराथन जित्दा ओलम्पिकका लागि छनोट

डिसी नेपाल
६ मंसिर २०७७ १८:१६

काठमाडौं । छैठौं नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले जितेका छन । नेपालगञ्ज म्याराथनको स्वर्ण विजेता पार्की अर्को वर्ष जापानमा हुने टोकियो ओलम्पिकका लागि छनोट भएका छन । टोकियो ओलम्पिकमा एथ्लेटिक्स विधातर्फ खेलाडीले भाग लिने नेपालगञ्ज म्याराथन अन्तिम छनोट प्रतियोगिता रहेको नेपाल ओलम्पिक कमिटिले जनाएको छ ।

निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पूरा गरेर शनिबार बिहान नेपालगञ्जमा भएको प्रतिस्पर्धामा पार्की पहिलो भएका हुन । उनी १३ औँ सागका स्वर्ण पदक विजेता समेत हुन । नेपालगञ्ज म्याराथनका पूर्व विजेता नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो भएका छन । उनले निर्धारित दूरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पूरा गरेका थिए । यसैगरी हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीकी पुष्पा भण्डारीले जितेकी छिन । शनिबार बिहान भएको प्रतिस्पर्धामा उनले निर्धारित दूरी १ घण्टा २६ मिनेट ५४ सेकेण्डमा पूरा गरेर उपाधि जितेकी हुन । १३ औं सागमा रजत पदक विजेता पुष्पाले उपाधिसँगै ३० हजार रुपैयाँ प्राप्त गरेकी छिन । दोस्रो स्थान कर्णाली प्रदेशकी मन्जु रावतले प्राप्त गरेकी छिन । जुम्लाकी धाविका मन्जुले १ घण्टा ३० मिनेट ७ सेकेन्डमा दुरी पुरा गर्दै १५ हजार रुपैयाँ जितेकी हुन । लुम्बिनी प्रदेशकि शर्मिला घर्तीले तेस्रो स्थान हासिल गरेकी छिन । शर्मिलाले १ घण्टा ३८ मिनेट १४ सेकेन्डमा दुरी पुरा गरेकी हुन । उनले १० हजार रुपैयाँ पाएकी छिन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *