भारतीय क्रिकेटर मोहम्मद सिराजका पिताको मृत्यु
काठमाडौं । भारतीय क्रिकेट खेलाडी मोहम्मद सिराजका पिताको मृत्यु भएको छ। हाल अस्ट्रेलियासँगको टी२०, एकदिवसीय तथा टेष्ट सिरिजका लागि उनी अष्ट्रेलियामा रहेका बेला पिताको शुकबार भारतमा मृत्यु भएको हो।
सिराजका पिता ५३ वर्षीय मोहम्मद घोष लामो समयदेखि फोक्सोको रोगबाट ग्रसित थिए। हाल अस्ट्रलियामा रहेका क्रिकेटर सिराज भने आफ्नो पिताको अन्तिम संस्कारमा उपस्थित भएनन्। उनी अहिले क्वारेन्टिनमा रहेकाले भारत नआएका हुन्। हाल भारतीय टिम अष्ट्रेलियामा १४ दिनको क्वारेन्टिनमा रहेको छ।
सिराजका पिताले आफ्नो छोरालाई क्रिकेट खेलाडी बनाउन निकै मेहनत गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment