महिला खेलाडी माथि यौन दुर्व्यवहार गरेको आरोपमा फुटबल संघका अध्यक्ष प्रतिबन्धित

डिसी नेपाल
६ मंसिर २०७७ १९:१६

काठमाडौं । फुटबलको सर्वोच्च निकाय फिफाले महिला खेलाडीहरु माथि यौन दुर्व्यवहार गरेको आरोपमा हैटी फुटबल संघका अध्यक्ष यवेस यीन बार्टलाई प्रतिबन्धित गरेको छ । फिफाले शुक्रवार यवेस यीन बार्टलाई फुटबलबाट आजिवन प्रतिबन्ध लगाएको जनाएको छ । फिफाको नैतिकता आयोगले यवेसलाई आफ्नो पदको दुरुपयोग गरेको र नवालिग सहित महिला खेलाडीहरु माथि यौन दुर्व्यवहार गरेको आरोपमा दोषी ठहर गराएको छ ।

यवेसले आफुमाथि लागेको आरोप गलत भएको जनाएका छन । बेलायत समाचार पत्र द गार्डियनले गत अप्रिल महिनामा यी आरोपहरुको बारेमा पहिलो पटक खुलासा गरेको थियो । गार्डियनले गरेको एक खुलासामा पोर्ट ए प्रिन्सको बाहिर फुटबल प्रशिक्षण केन्द्रमा बस्ने नाबालिग युवती हरूलाई गत ५ बर्षदेखी लगातार बलात्कार भईरहेको उक्त पत्रिकाले बलात्कार पीडित युवतीलाई उद्धृत गर्दै जनाएको थियो । गत अप्रिलमा मात्रै दुई जना नाबालिग युवतीले गर्भपतन गराएको तर दबाबका कारण उनीहरु अगाडि बोल्न नसकिरेहको गार्डियनले जनाएको थियो । साथै यवेसले केही महिला खेलाडीहरुलाई गलत तरिकाले छोई रहेको एक भिडियो पनि सार्वजनिक भएको थियो । एक समाचार एजेन्सीले सार्वजनिक गरेको भिडियोमा यावेस एक नाबालिग युवतीको काँधमा हात राखेर अन्तर्वार्ता दिएका थिए । भिडीयोको बारेमा यवेसले यो भिडियो ३ बर्ष पहिलेको भएको र उनले संघका तर्फबाट केटीलाई बधाई दिदै उनको काँधमा बुबा सम्झेर हात राखेको बताएका थिए । यावेसले उनी करिब २० वर्षदेखि फेडरेशन सञ्चालन गर्दै आएको र उनी माथि धेरै गम्भीर आरोप लगाइएको बताएका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *