रोनाल्डोको गोलमा युभेन्टस विजयी

डिसी नेपाल
७ मंसिर २०७७ ९:४८

काठमाडौं । सिरी ए फुटबल अन्तर्गत आईतवार बिहान भएको खेलमा युभेन्टसले काग्लिएरीलाई २–० गोल अन्तरले पराजित गरेको छ । युभेन्टसको जितमा दुवै गोल क्रिष्टियानो रोनाल्डोले गरेका हुन् । उनले खेलको ३८ र ४२ औँ मिनेटमा गोल गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले सिरी ए को लिगचरण अन्तर्गत आफ्नो आठौं खेलमा काग्लिएरीलाई पराजित गरेको हो ।

सिरी ए को लिगचरणमा आठ खेल खेलेको युभेन्टसले ४ जित र ४ बराबरी खेलेको छ । यो सँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको युभेन्टसको १६ अंक भएको छ । लिगको शिर्ष स्थानमा एसी मिलान रहेको छ । मिलानले लिगचरणमा खेलेको ७ खेल मध्ये ५ मा जित र २ मा बराबरी खेलेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *