एथ्लेटिको मिड्रिडद्वारा बार्सिलोना पराजित
काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आईतवार बिहान भएको खेलमा एथ्लेटिको मिड्रिडले बार्सिलोनालाई १–० गोल अन्तरले पराजित गरेको छ । एथ्लेटिकोको घरेलु मैदानमा भएको खेलमा टोलीका लागि यानिक कार्रास्कोले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेका थिए ।
हारपछि १० औँ स्थानमा रहेको बार्सिलोनाको ८ खेलबाट मात्र ११ अंक छ । ला लिगामा बार्सिलोनाले खेलेको आठ खेल मध्ये ३ जित, २ बराबरी र ३ हार खेलेको छ । बार्सिलोनालाई पराजित गरेको एथ्लेटिको मिड्रिडको आठ खेलमा २० अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । एथ्लेटिको मिड्रिडले खेलेको आठ खेल मध्ये ६ जित र २ बराबरी खेलेको छ ।
प्रतिक्रिया
Facebook Comment